साँघु सहकारीको साधारणसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • १६ पुष २०७७, बिहीबार १३:००

त्रिशूलीबजार, साँधु बहुउद्देश्यीय सहकारी संस्था लि. विदुर नगरपालिका-१ त्रिशूलीबजारको ११औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

      ०६६ सालदेखि सञ्चालनमा आएको सहकारीमा तीन सय ७१ सेयर सदस्य रहेका छन् । सहकारीको सेयरपुँजी ६१ लाख ३२ हजार नौ सय रहेको अध्यक्ष कुमारमान मलेकु श्रेष्ठले जानकारी दिए । सहकारीले गत आ.व. ०७५/७६ मा ५७ लाख ३२ हजार आठ सय सेयरपुँजी रहेकोमा आ.व. ०७६/७७ मा चार लाख एक सय सेयरपुँजी वृद्धि गर्न सफल भएको छ । सहकारीले आ.व. ०७६/७७ मा पाँच करोड ५४ लाख १० हजार तीन सय १९ निक्षेप सङ्कलन गरी दुई करोड ६९ लाख १८ हजार सात सय ६९ कर्जा लगानी र दुई करोड ४७ लाख ८६ हजार सात सय ९१ असुली गरेको थियो । गत आ.व. मा सहकारीले ५१ लाख ६१ हजार पाँच सय ७३ आम्दानी गरी ४९ लाख ९० हजार ६ सय ४७ खर्च हुँदा खुद नाफा एक लाख ७० हजार नौ सय २६ आर्जन गरेको थियो । सहकारीले साधारणसभाबाट सेयरपुँजी वृद्धि, सुरक्षित कर्जा लगानीमा ध्यान दिने, भाखा नाघेका ऋण असुली प्रक्रियामा कडाइका साथ लाग्ने, सेयर सदस्यलाई सहकारी शिक्षा दिन गोष्ठी सञ्चालन गर्ने र कृषि कर्जा सुलभ ब्याजदरमा प्रदान गर्ने नीति पारित गरेको छ ।