पाँच केजीको बच्चा जन्मियो

  • त्रिशूली प्रवाह
  • १६ पुष २०७७, बिहीबार १३:४९
Logo of trishuli prawaha

धुन्चे, रसुवा जिल्ला अस्पताल धुन्चेमा पहिलोपटक साधारण तरिकाले पाँच केजीको शिशु जन्मिएको छ ।

      अस्पतालकी नर्स आरती सिग्देलका अनुसार पुस ९ गते गोसाइँकुण्ड गाउँपालिका-६ धुन्चेकी २८ वर्षीया दावा तामाङले बिनाअप्रेसन साधारण तरिकाले पाँच केजीको स्वस्थ शिशु जन्माएकी छिन् । उनले गत बिहीबार बिहान ३ बजेर ३७ मिनेटमा छोरा जन्माएकी हुन् । यो भन्दा अगाडि साधारण तरिका वा अप्रेसन गरेर पनि पाँच किलोको शिशु जन्मिएको थिएन, सम्भवतः जिल्लामा नै पहिलोपटक जन्मिएको हो । यो जिल्ला अस्पतालकै ठूलो उपलब्धि रहेको जिल्ला अस्पतालले जानकारी दिँदै अहिले आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको छ । जिल्ला अस्पतालका अनुसार साढे चार किलोभन्दा बढी तौल भएको शिशु अप्रेसनबिना नै जन्मिएको यो पहिलो हो ।