पार्टी कार्यालय सुरक्षाका लागि प्रहरी

  • त्रिशूली प्रवाह
  • १६ पुष २०७७, बिहीबार १४:०८
Logo of trishuli prawaha

विदुर, देशभरका नेकपाको पार्टी कार्यालयमा झडप बढ्न थालेपछि गृहमन्त्रालयले २४सैं घण्टा प्रहरी खटाउन देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई निर्देशन दिएको छ ।

       पार्टी कार्यालयमा झडपको अवस्था देखिएपछि सुरक्षाकर्मीलाई स्ट्यान्डबाई राख्न आईतबार सर्कुलर गरिएको गृहका प्रबत्ता चक्रबहादुर बुढाले बताउनु भयो । केही जिल्लाका पार्टी कार्यालयमा ताला लगाउनेलगायतका गतिविधी भईरहेका छन् । सम्भावित झडप रोक्न सुरक्षाकर्मी खटाउन थालिएको हो । सबै जिल्लाका शसस्त्र प्रहरीका गण र गुल्मलाई पनि तयारी अवस्थामा रहन गृहल निर्देशन दिएको छ । रााष्ट्रिय अनुसन्धान विभागले पनि त्यस सम्बन्धी सूचना संकलनलाई प्राथमिकता दिएको छ । प्रतिनिधीसभा विघटन र नेकपा विभाजनपछि सुरक्षा चुनौती बढेकोले त्यहीअनुसार पूर्वयोजना बनाएर सुरक्षा ब्यवस्थापन गर्न गृह मन्त्रालयले गत साता नै सबै जिल्लामा सर्कुलर पठाएको थियो । नुवाकोटमा पनि नेकपाको पार्टी कार्यालय विदुरमा सुरक्षाकर्मी खटाईएको छ ।