स्वास्थ्य सामाग्री र सेनिटरी प्याड वितरण

  • त्रिशूली प्रवाह
  • १६ पुष २०७७, बिहीबार १४:११
Logo of trishuli prawaha

सुर्यगढी, नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिकाले गाउँपालिकाभित्रका संस्थागत विद्यालयलाई स्वास्थ्य सामाग्री र सेनिटरी प्याड वितरण गरेको छ ।

       आईतबार विद्यालयलाई गाउँपालिकाको तर्फबाट कोरोना भाईरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामको लागि स्वास्थ्य सामाग्री तथा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राको लागि सेनिटरी प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष घलेले गाउँपालिकाभित्र रहेको सामुदायिक विद्यालय मात्र नभए संस्थागत विद्यालयको पनि शैक्षिकलगायतका विषयमा आफुहरुको जिम्मेवारी भएकोले संस्थागत विद्यालयमा स्वास्थ्य सामाग्री वितरण गरिएको जानकारी दिनु भयो । यसअघि पनि गाउँपालिकाले पालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई शैक्षिक र स्वास्थ्य सामाग्री विरतण गरेको थियो ।