तेस्रो अाँखा

  • त्रिशूली प्रवाह
  • २३ पुष २०७७, बिहीबार १४:५२
Buddha Eyes

डबल नेकपाका दुई समूहबीच आरोप प्रत्यारोपको श्रृंखलाको महाभारत लाज लाग्ने गरी चलिरहेको छ । सभ्य चिन्तन र संस्कार नेतामा नदेखिएपछि कार्यकर्तामा के खोज्नु ? मुहान नै सङ्लो नभएपछि तल सफा देख्न खोज्नु तेस्रो अाँखाको भ्रम ! जिल्लामा डबल नेकपाको पार्टी कब्जा गर्न दुवै समूहको हर्कत चलिरहे पनि जिल्लामा सबै क्रसर उद्योग बन्द तर एक दुई थान अपवादमा सञ्चालन हुनु र आयोजनाको नाममा थापेका क्रसरले नदीजन्य निर्माण सामाग्री दोहन गर्दै प्रशासनसँग लुकामारी गर्दै रात र साँझ नभनि जिल्लाको माग भरथेग पूरा गर्देकोमा सलाम छ । सरकारका मन्त्रीदेखि नेकपाका डबल नेता/कार्यकर्ता र पार्टी कार्यालय सुरक्षार्थ ब्यस्त भएर हो कि ? परिस्थितीले प्रशासन मौन बसेको हो, समय आएपछि पर्दा खुल्ला ! क्रसर बन्द हुनु र कार्यालय तथा निवास परिसरमा कालोपत्रे हुनु संयोग हो कि ? स्थानीय सरकारले कारोबारको राजश्व उठाउन नसंक्दा कोरोनाको नाममा खर्च कम ! आवश्यक नदीजन्य निर्माण सामाग्रीको खासै अभाव नदेखेपछि प्रशासन पिडित क्रसर ब्यवसायी अदालतको ढोका ढकढकाउँदा स्थानीय सरकार प्रमुख फुरूङ्ग !