+
Search

ताजा अपडेट +

पपुलर +

जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

त्रिशूली प्रवाह
५ साल अगाडी

बट्टार, तारकेश्वर गाउँपालिकाका ६ वटा वडाका जेष्ठ नागरिकलाई असहाय जेहेन्दार तथा जनजातिको लागि शिक्षा संस्थाले न्यानो कपडा घरघरमा गई सम्बन्धित ब्यक्तिलाई वितरण गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

      असहाय जेहेन्दार तथा जनजातिको लागि शिक्षा संस्था र तारकेश्वर गाउँपालिकाको सहकार्यमा गाउँपालिकाभित्रका १ हजार ५ सय जना भन्दा बढिलाई न्यानो कपडा वितरण गरेको हो । पुस १९ र २० गते गाउँपालिकाभित्रका जेष्ठ नागरिक महिला तथा पुरूषलाई ज्याकेट र ओढ्ने खास्टो वितरण गरेको संस्थाका कोषाध्यक्ष राममणी अधिकारीले जानकारी दिनुभयो । २० लाख भन्दा बढि रूपैयाँको सामाग्री तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीको प्रमुख आतिथ्यतामा तथा गाउँपालिकाको उपप्रमुख तारादेवी रिमाल अधिकारीको उपस्थितीमा संस्थाका अध्यक्ष बावुराम शर्मा अधिकारी, कोषाध्यक्ष राममणी अधिकारीले घरघर पुगेर सम्बन्धित ब्यक्तिलाई नै भेटेर हातहातमा न्यानो कपडा वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह