युवा इन्जिनियर भेला विदुरमा

  • त्रिशूली प्रवाह
  • २३ पुष २०७७, बिहीबार १५:३४

विदुर, रसुवा-नुवाकोटको सरकारी, गैरसरकारी कार्यालय र प्राइभेट कम्पनीमा कार्यरत युवा इन्जिनियरहरूको बृहत भेला मंगलबार विदुरमा सम्पन्न भएको छ ।

      राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलको प्रमुख आतिथ्यता र प्रधानमन्त्रीका विकाश विज्ञ सल्लाहकार ई.गजेन्द्र थपलिया तथा गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुवेंशी-रसुवागढी सडक योजनाका प्रमुख सिडिई नारायणदत्त भण्डारीको विशेष उपस्थितीमा २० जना भन्दा बढी विभिन्न सेक्टरका अनुभवि र दक्ष प्राप्त गरेका इन्जिनियरहरूको सहभागिता रहेको थियो । नुवाकोट र रसुवामा कार्यरत युवा इन्जिनियरहरूसँग देशको आर्थिक सम्बृद्धि र विकास योजनाबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुवेंशी-रसुवागढी सडक योजनाका प्रमुख भण्डारीले जानकारी दिनुभयो ।