+
Search

ताजा अपडेट +

पपुलर +

आगलागी पिडित परिवारलाई नर्स प्रतिमाको सहयोग

त्रिशूली प्रवाह
५ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर–३ गत्लाङमा पुस १५ गते भएको आगलागीबाट पिडित परिवारलाई समाजसेवी एवं बिएसी नर्स प्रतिमा लामाले राहत वितरण गरेकी छिन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

      वडा नम्बर–३ का वडाध्यक्ष दावागोम्बो तामाङ र जिल्ला समन्वय समिति सदस्य सुशिला तामाङ, मेगा बंैक स्याफ्रुवेंशी शाखाका प्रबन्धक छोक्याल र्दोजे तामाङको रोहवरमा नर्स प्रतिमाले घटना भएको ठाउँमा पुगी पिडितलाई आवश्यक पर्ने भाँडाकुडाँ, ओढ्ने ब्लाङकेटलगायतका सामान वितरण गरेकी थिईन् । उनले सामाग्री वितरणको बेला पिडितहरुको स्वास्थ्य जाँच गरी सान्त्वना दिंदै सहयोग गरिरहने प्रतिबद्धता जनाएकी थिईन् । पुस १५ गते घरमा अभिभावक नभएको समयमा बच्चाले आगो बालेर खेल्ने क्रममा अचानक घरमा आगो लागेपछि स्थानीय बमबहादुर तामाङ, पासाङयामो तामाङको घर पूर्णरुपमा नष्ट भएको थियो । जिसस सदस्य सुशिला तामाङ र वडाध्यक्ष दावागोम्बो तामाङले आफ्नो गाउँमा सहयोग स्वरुप राहत वितरण गर्नुभएकोमा नर्स प्रतिमाको उच्च सम्मान गर्नुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह