तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २ माघ २०७७, शुक्रबार १५:१५
Buddha Eyes

नेपालको निजामती प्रशासनलाई राम्रोसँग बुझेका नागरिक सेवालाई चुस्त–दुरुस्त राख्न सक्ने नमुना प्रशासकको उपाधिनजिक पुग्नुभएका नुवाकोटका सिडिओ ढकाल सा’वको चट्टानी अडानले नदी दोहन ठप्प ! प्रशासकले लोभलालच त्याग गर्न सके ‘सरकारी काम कहिले जाला घाम’ भन्ने प्रवृत्ति अन्त्य गरेर निजामती कर्मचारीलाई शासक होइन सेवक भएर डो¥याउनुभएकोमा उहाँलाई सलाम ! सिडिओ सा’वले कार्यालय समय ख्याल नगरिदिँदा नागरिकले सेवा प्रभावित भएको जनगुनासो उहाँकोमा नपुगेर हो कि, बेवास्ता गर्नुभएको चर्चा सेवाग्राहीले गरिरहेका छन् । कार्यालय प्रमुखलाई बैठक भन्दै बोलाएर अलमल्याउँदा सेवाग्राही ट्वाँ ! कार्यालय प्रमुखको बैठक कार्यालय समयभित्र नगर्दा कुनै अनिष्ट हुन्छ र मोडल प्रशासकज्यू ? रूपान्तरणको अभियानमा उत्प्रेरणा थप्न तपाईंको मनोबल उच्च बनाउन तेस्रो आँखा क्रियाशील छ । कताकता प्रशंसा र सबै काम जस एक्लैले लिने प्रवृत्तिले सरको आगामी बाटो अवरोध गर्छ कि भन्ने चिन्ता । एउटा कार्यालय मात्र साधन स्रोतले सजिसजाउ बनाउने, अन्य कार्यालय हरिबिजोग भइरहँदा नुवाकोटको समग्र नागरिक सेवा उठ्ला र ?