+
Search

ताजा अपडेट +

पपुलर +

मिश्र पञ्चकन्या सहकारी सम्मानबाट सम्मानित

त्रिशूली प्रवाह
५ साल अगाडी

विदुर, जिल्लाको सहकारीको भिडमा छुट्टै पहिचान र स्थान बनाउन सफल पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाको २१औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

Utsuk Books & Stationery

      गत वर्षदेखि सुरु भएको पञ्चकन्या सहकारी सम्मानबाट यस वर्ष जिल्ला सहकारी सङ्घका निवर्तमान अध्यक्ष वैकुण्ठ मिश्रलाई साधारणसभामा सम्मान गरिएको थियो । सहकारीले गत वर्षदेखि सम्मान गर्न सुरु गरेको हो । साधारणसभामा अध्यक्ष रमेश श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदनअनुसार सहकारीको गत आ.व. ०७६/७७ को असार मसान्तसम्म कुल सेयर पुँजी ७५ लाख ६ हजार चार सय र सेयर सदस्य एक हजार ६० जना रहेका छन् । सहकारीले गत आ.व.मा सात करोड ६४ लाख ६७ हजार ६ सय ७ रुपैयाँ बचत सङ्कलन गरी आठ करोड १४ लाख ७१ हजार नौ सय ४८ रुपैयाँ बचत फिर्ता गरी आ.व.को अन्त्यसम्म १० करोड ४६ लाख ४४ हजार नौ सय ६१ रुपैयाँ बचत रहेको थियो । सहकारीले गत आ.व.मा दुई करोड ८३ लाख १४ हजार सात सय ४७ रुपैयाँ कर्जा लगानी गरी तीन करोड दुई लाख ३२ हजार ४५ रुपैयाँ कर्जा असुली गरेको थियो । सहकारीले गत आ.व.मा नौ लाख २३ हजार सात सय ५१ रुपैयाँ कुल नाफा आर्जन गरेको लेखा समितिका संयोजक विनोदराज खरेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह