शुलक्षणा सहकारीको मुनाफा तीन लाख

  • त्रिशूली प्रवाह
  • २ माघ २०७७, शुक्रबार १६:०६

कोलोनी, ०५८ सालदेखि सञ्चालन भएको शुलक्षणा बहुउद्देश्यीय सहकारी संस्था लि.को १८औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीले गत आ.व. ०७६/७७ मा ७० लाख ५१ हजार पाँच सय ४६ रुपैयाँ आम्दानी गर्दा सबै खर्च कटाएर खुद नाफा तीन लाख १० हजार नौ सय १८ रुपैयाँ आर्जन गरेको छ ।

       सहकारीको १८औँ वार्षिक साधारणसभामा अध्यक्ष मोहनबहादुर श्रेष्ठले प्रस्तुत गरेको वार्षिक कार्यक्रम तथा प्रगति प्रतिवेदनअनुसार सहकारीले आ.व.०७६/७७ मा १४ करोड ४१ लाख ३७ हजार ६ सय ४६ निक्षेप सङ्कलन गरी ६ करोड तीन लाख ४१ हजार १ सय १८ कर्जा लगानी गरेको छ । सहकारीले गत आ.व.मा ७० लाख ५१ हजार पाँच सय ४६ रुपैयाँ आम्दानी गरेर ६७ लाख ४० हजार ६ सय २८ रुपैयाँ विभिन्न शीर्षकमा खर्च गरेको छ । सहकारीको ५१ लाख ३६ हजार चार सय सेयर पुँजी रहेको छ । ज्येष्ठ नागरिक दानवीर तुलाधरले उद्घाटन गरेको साधारणसभामा सञ्चालक समितिका उपाध्यक्ष शिवप्रसाद अधिकारीको छोरा सुमन अधिकारीले फिलिपिन्सबाट एमडी उत्तीर्ण गरेकोमा उज्ज्वल भविष्यको कामना गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो ।