+
Search

ताजा अपडेट +

पपुलर +

लायन सहकारीको साधारणसभा सम्पन्न

त्रिशूली प्रवाह
५ साल अगाडी

बट्टार, लायन बचत तथा ऋण सहकारी संस्था लि. विदुर नगरपालिका-२ बट्टारको १३औँ साधारणसभा शनिबार सम्पन्न भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

     सहकारी संस्थाका अध्यक्ष कुवेरमान श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभाको उद्घाटन ज्येष्ठ सेयर सदस्य गोपालजी श्रेष्ठले गरेका थिए । आ.व. ०७६/७७ को असार मसान्तसम्म नौ सय ६५ सेयर सदस्य रहेको सहकरीको दुई करोड दुई लाख ४४ हजार आठ सय सेयर पुँजी रहेको छ । सहकारीले गत आ.व. ०७६/७७ मा नौ करोड ८९ लाख ९४ हजार पाँच सय ८७ रुपैयाँ बचत गरेर आठ करोड २० लाख दुई हजार चार सय ४६ रुपैयाँ कर्जा लगानी गरी कुल मुनाफा १२ लाख ५७ हजार नौ सय ४५ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो । सहकारीले व्यवस्था गरेको कोषमा आ.व. ०७६/७७ मा आर्जन गरेको नाफाबाट ५२ लाख ९३ हजार एक सय ३९ रुपैयाँ जम्मा गरेको सहकारीका उपाध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । साधारणसभाले कार्यालय सञ्चालनका लागि संस्थाले खरिद गरेको जग्गामा भवन बनाउने प्रस्ताव अनुमोदन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह