+
Search

ताजा अपडेट +

पपुलर +

कुलो मर्मतको शिलान्यास

त्रिशूली प्रवाह
५ साल अगाडी

आप्रह, बागमती प्रदेश सरकारको सहयोगमा तादी खोला पोखराफाँट हित सिँचाइ जल उपभोक्ता संस्थाको कुलो मर्मतको शिलान्यास भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

        कुलो मर्मतको शिलान्यास बागमती प्रदेश उपसभामुख राधिका तामाङ र नुवाकोट जिल्लाका प्रतिनिधिसभा प्रदेश नं. १ का सदस्य हितबहादुर तामाङले संयुक्त रूपमा शनिबार गरेका थिए । तादी गाउँपालिका-५ को २ सय ६६ रोपनी क्षेत्रफलको खेतीयोग्य जमिनमा उक्त कुलोले सिँचाइ सुविधा पु¥याइरहेको छ । कुलोले ५८ घरधुरीका झन्डै ६ सय जनसङ्ख्यालाई लाभ पुग्ने सिँचाइ कुलोको मर्मतका लागि यस वर्ष २० लाख बजेटले ७२ मिटर कुलो मर्मत हुने जानकारी तादी खोला पोखराफाँट हित सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष भगतलाल राजभण्डारीले जानकारी दिए । कुलो मर्मतमा नपुग बजेट आगामी केन्द्र र प्रदेश सरकारबाट उपलब्ध गराउन पहल गर्ने शिलान्यास कार्यक्रममा उपसभामुख राधिका तामाङ र प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले प्रतिबद्धता व्यक्त गरेका छन् । कुलो सञ्चालनमा आएपछि दुई सय ६६ रोपनी जमिनमा सिँचाइ सुविधा पुग्ने र हिउँद-बर्खा नै तरकारीलगायत अन्य कृषि उत्पादन गर्न सहज हुने उपभोक्ता संस्थाका सचिव दीपक लामा तामाङले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह