तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ८ माघ २०७७, बिहीबार १५:५७
Buddha Eyes

प्रतिनिधिसभा विघटनविरुद्ध देशभर आगो ओकल्न विपक्षी दलहरू प्रतिस्पर्धा गरिरहेका छन् । तर, नेकपा दुई समूह देशभर अस्तित्वको लडाइँमा भिडन्त गरिरहेका छन् । विरोध प्रदर्शनको लप्काले हाम्रो नुवाकोटको सडक पनि बेलाबेला जाम ! नेता–कार्यकर्ता चिसिएको मौसमलाई तताउन गाउँ–टोलमा निरीह पारामा जुट्दै ! एकीकरणपछि सुतेको नेकपा र गत निर्वाचनबाट अर्धचेत रहेको काङ्ग्रेस सडक विरोध गर्ने सञ्जीवनी बुटी संसद् विघटन पाएपछि उफ्रिँदै वायुमण्डल प्रदूषितमा व्यस्त । पुस ५ पछि डबल नेकपाका दुई समूह फुट्न पनि नसक्ने जुट्न पनि नसकेपछि सङ्गठन विस्तारमा कार्यकर्ता खोज्दै गाउँ–टोलमा प्रचण्ड–माधव पक्ष समूहको वर्चश्व रहेको भनी थाल ठटाइरहे पनि नुवाकोटमा ओलीपक्षीय नेताहरू होस्टे–हैँसे गर्दै संसद् विघटन संवैधानिक हो भन्दै पुष्टि गर्न तल्लीन ! ओलीको समर्थनमा कार्यक्रम गर्दा प्रमुख अतिथिको भने खडेरी ! पुस ५ गतेपछि केन्द्रिय सदस्य भएका कमरेडहरू कार्यक्रममा सिनियर केन्द्रीय सदस्य दाबी गर्दा मुस्किलले जम्मा भएका कार्यकर्ता खिन्न ! आधा दर्जन केन्द्रीय सदस्यको हैसियत र नम्बर अध्यक्ष ओली बाले निर्धारण नगर्दा पञ्चकन्याको आप्रहमा शनिबार गरेको कार्यक्रममा प्रमुख अतिथि जेठानी दिदी र ज्वाइँ मैनाली कम्पनीको हर्कत देख्दा रामशरण कमरेडलाई ओलीको विरासत थाम्न पुर्पुरो समाउनुप¥यो ।