पञ्चकन्या गाउँपालिकाले भवन निर्माण थाल्यो

  • त्रिशूली प्रवाह
  • २९ माघ २०७७, बिहीबार १०:४९

पञ्चकन्या, नुवाकोट जिल्लामा रहेका १० वटा पालिकाले भवन निर्माण कार्यलाई तिव्रताका साथ अगााडी बढाएका छन् । कुनै गाउँपालिकाको भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने कुनैले जग हालेका छन् ।

      पञ्चकन्या गाउँपालिकाले वडा नं.–३ को लाकुरीभन्ज्याङमा २० रोपनी क्षेत्रफलमा गाँउपालिकाको अत्याधुनिक कार्यालय भवन निर्माण अगाडी बढाएको छ । ६ करोड २ लाखको लागतमा गाँउपालिकाको भवन निर्माण शुरु भएको गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङ रमेशले बताउनु भयो । नयाँ निर्माण हुन लागेको भवनमा दुईसय जना क्षमता भएको सभाहल, सानो सभाकक्ष, स्टोर कोठा, शौचालय, ठूला तथा साना सवारीका लागि पार्किङ्ग, सेवाग्राहीका लागि प्रतिक्षालयसहितको सुविधा सम्पन्न भवन निर्माणको लागि सुर्यचन्द्र कन्स्ट्रक्सनसँग सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले गरिएको छ ।

     १७ महिनाभित्र बनाउने गरी भवन निमार्णको ठेक्का सम्झौता गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले दिएको जानकारीअनुसार नुसार भवन निर्माणको ठेक्का सम्झौता भएको १ महिनाको अवधिमा मेसिनरी वाल लगाउने खाल्डो खन्नेलगायतको काम सम्पन्न भएको छ । कोरोना महामारी र नदीजन्य पदार्थको वितरणमा देखिएको अन्योलताका कारण केहि ढिला गरी भवन निर्माण कार्य शुरु भएको छ । गाउँपालिकाका अध्यक्ष तामाङले आफ्नै अत्याधुनिक भवनबाट कार्यालयको कामकाज तथा सेवा प्रवाहमा निकै सहयोग तथा गुणस्तरीयता बढने विश्वास ब्यक्त गर्नुभएको छ ।

      भवन निर्माणको लागि ठेक्का सम्झौता भएको सुर्यचन्द्र कन्स्ट्रक्सनले सम्झौताको समय सिमाभित्र निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने बताएको छ । भवन निर्माणको रकम संघीय तथा प्रदेश सरकारका सांसदको अनुदान र बाँकी रकम गाउँपालिकाले ब्यहोर्ने छ । गाउँपालिकाले अहिले वडा नंं.–३ को घलेभन्ज्याङको अस्थायी संरचनाबाट सेवा प्रवाह गरिरहेको छ ।