+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
५ साल अगाडी

देवता, दैत्य, राजा, महाराजा, राणा, पञ्च, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आउँदा नुवाकोट रैतीमै सीमित, अहिलेसम्म पनि उपनिवेश कायममै ! जिल्लामा अथाह प्राकृतिक स्रोत र साधन हुँदाहुँदै पनि उपयोग गराउन सक्ने नेतृत्वको खडेरीले जिल्लावासी पुर्पुरोमा हात लगाउनुको विकल्प खोज्दै छन् । हिसाब–किताब नमिल्दा, वैध–अवैधको नाममा खुल्दै बन्द हुँदै आइरहेको क्रसर सञ्चालन गर्न अनेक उपाय लगाउने प्रयास भए पनि तालमेल नमिल्दा ट्याँट्याँ फिस ! प्रमुख जिल्ला अधिकारी ढकाल सरलाई इजिमनी देख्दा रातभरि निद्रा नलाग्ने, व्यवसायी रकम जोहो गरेर भए पनि क्रसरलाई पुनः सञ्चालन गराउन लागिपर्ने, समन्वय प्रमुख सन्तमान सर आगामी स्थानीय चुनावका लागि खर्च जोहो गर्ने योजनामै व्यस्त रहँदा समन्वय नहुनु समृद्ध नुवाकोट बनाउने अभियानमा तुषारापात हुनु यो कस्तो दुर्भाग्य ! राष्ट्रिय राजनीति, संवैधानिक ‘कु’ र ‘सु’मै अल्मलिए पनि जिल्लामा भने क्रसरलाई वैध र अवैधको बहसले जिल्लाका सरोकारवाला निकायलाई विभाजित गराउँदा जलचर प्राणीको अधिकार सुरक्षित हुँदा बिरालोको घाँटीमा घन्टी बाँध्ने मान्छेको खोजीमा विद्युत् प्राधिकरण ।

Satkar Machinery Center
Utsuk Books & Stationery

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह