गाडी क्षति भएमा नयाँ पाइने

  • त्रिशूली प्रवाह
  • ६ फाल्गुन २०७७, बिहीबार १५:०३

विदुर, नेपालको पहिलो र एक मात्र ‘ए रेटेड’ अग्रणी निर्जीवन बिमा कम्पनी शिखर इन्स्योरेन्सले गत मङ्सिर २९ गतेबाट सुरु गरेको ‘अटो प्लस’ बिमा योजना धेरैका लागि वरदान साबित भइरहेको छ ।

       विश्व नै कोरोना महामारीले थलिएको बेलामा पनि सर्वसाधारणका लागि लाभदायी होस् भन्ने हेतुले शिखरले सार्वजनिक गरेकोे अटो प्लस नामको बिमा प्रडक्टको महत्व र यो पोलिसी लिनेको सङ्ख्या बढिरहेको हो । कम्पनीको सबै जिल्ला शाखामा समेत बिमा गर्न सकिने यो प्रडक्टप्रति नुवाकोटका व्यवसायीले समेत विशेष चासो लिइरहेका छन् । बिमा क्षेत्रकै नौलो, सवारीसाधन अतिरिक्त लाभ पाउने गरी थालनी गरिएको अटो प्लस बिमा योजनाअन्तर्गत ह्रासकट्टी हटाउने, नयाँ सवारीसाधन पुनस्र्थापना र दैनिक सवारी भाडा-यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन् ।

      यो बिमालेख कार, जिप, मोटरसाइकल र स्कुटरजस्ता चारपाङ्ग्रे र दुईपाङ्ग्रे निजी सवारीसाधन हुनेले मात्र लिन सक्नेछन् । अटो प्लस बिमालेखको बिमा अवधि व्यापक सवारीसाधन बिमाको अवधिको समान छ । नेपालमा दर्ता भएको मितिबाट १० वर्षभन्दा कम उमेरका सवारीसाधनका लागि मात्र अटो प्लस बिमा पोलिसी खरिद गर्न सकिन्छ । जस्तो सवारीसाधन क्षति भई पार्टपुर्जा फेर्नुपर्ने अवस्थामा सर्भेयरको प्रतिवेदन वा क्षतिको मूल्याङ्कनअनुसार भएको ह्रासकट्टीको रकम मात्र कम्पनीले भुक्तानी दिन्छ ।

      अटो प्लस बिमा गर्दा सवारीसाधन पुनस्र्थापनाअन्तर्गत सवारीसाधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारीसाधन उपलब्ध गराउँछ । यसैगरी, यो पोलिसीमा बिमितले तेस्रो सुविधाका रूपमा दैनिक सवारी भाडा÷यातायात खर्चसमेत पाउनेछन् । जसमा आफ्नो सवारीसाधन पूर्ण क्षति वा चोरी भएको छ भने अधिकतम ३० दिनसम्म र आंशिक क्षति भएको अवस्थामा अधिकतम १४ दिनसम्मको यातायात भाडा खर्च कम्पनीले उपलब्ध गराउँछ । यद्यपि, यसरी भुक्तानी हुने दैनिक भाडादर दुई र चारपाङ्ग्रे सवारीका लागि फरक हुन्छ । भाडादर पनि सवारीसाधनको मूल्यअनुसार फरक हुन्छ ।

      ‘अटो प्लस’ बिमालेखमा बिमितले प्रत्येक लाभका लागि शून्य दशमलव १० प्रतिशतदेखि शून्य दशमलव ५१ प्रतिशतसम्मको बिमाशुल्क भुक्तानी गर्नुपर्छ । ‘अटो प्लस’ मात्र नभई विगत १७ वर्षदेखि निर्जीवन बिमाको क्षेत्रमा रोल मोडलको रूपमा प्रभुत्व जमाउन सफल शिखर इन्स्योरेन्सले नेपालमा नयाँ बिमा पोलिसीहरू भित्र्याउने गरेको छ । अटो प्लस बिमा कार्यक्रम पनि नेपालमा शिखर इन्स्योरेन्सले भर्खरै सुरु गरेको नयाँ बिमा पोलिसी हो । हाल अटो प्लससँगै शिखर इन्स्योरेन्सका २२ भन्दा बढी बिमा योजना सञ्चालनमा रहेका छन् ।