+
Search

ताजा अपडेट +

पपुलर +

ज्योति बैंकद्वारा सामरी स्वास्थ्यचौकीलाई बेबी वार्मर सहयोग

त्रिशूली प्रवाह
५ साल अगाडी

सामरी, ज्योति विकास बैंकले नुवाकोटको म्यागङ गाउँपालिका-५ मा रहेको सामरी स्वास्थ्यचौकीलाई बेबी वार्मर सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी ‘हाम्रो विकास प्रवद्र्धन कोष’बाट सामरी स्वास्थ्यचौकीलाई एक-एक थान बेबी वार्मर सहयोग गरेको हो ।

Utsuk Books & Stationery

     गत हप्ता सामरी स्वास्थ्यचौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्त रूपमा सो बेबी वार्मर प्रदान गरेको थियो । बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाइराख्न सहयोग गर्दछ । हस्तान्तरण कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल, बैंकका सामरी शाखाका शाखा प्रबन्धक सुजन बज्राचार्य र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँद्वारा संयुक्त रूपमा म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ र सामरी स्वास्थ्यचौकीका इन्चार्ज डम्बर न्यौपानेलाई सो बेबी वार्मर औपचारिक रूपमा प्रदान गरेका छन्  । नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट सामरी स्वास्थ्यचौकी, सामरीमा प्रसूति सेवा लिन आउने प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।

     नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रूपमा रहेका सम्भावनाको पहिचान गरी त्यस्ता सम्भावनालाई उजागर गर्न सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्य गर्दै आएको छ । बैंकले १२औँ वार्षिकोत्सवको अवसरमा डा. महावीर पुनद्वारा प्रवद्र्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा न्यानो नानी बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पताललाई हस्तान्तरण गर्ने सहकार्यका लागि आठ लाख रुपैयाँ प्रदान गरेको थियो ।

      बैंकले हाल एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले तीन लाखभन्दा बढी खाताबाट करिब ४६ अर्ब निक्षेप सङ्कलन गरी २३ हजारभन्दा बढी ऋणीलाई करिब ३७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह