तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २० फाल्गुन २०७७, बिहीबार १५:४३
Buddha Eyes

यो देश जात्रैजात्राको देश हो । धार्मिक, सांस्कृतिक जात्रा हेर्दा–हेर्दै वाक्क भएका नुवाकोटे अहिले नेकपाको नौटंकी र नेकाको कलहलाई राम्रोसँग मनोरञ्जन गर्न पाउँदा भाग्यमानी ठानेका छन् । कालिदास पाराका कम्युनिस्ट र सौताने सम्बन्धका काङ्ग्रेसले वाक्क–दिक्क पारेको छ । गत हप्ता सदरमुकाममा नेका पार्टी कार्जेलय भवन उद्घाटनमा निम्तो नपाएको झोकमा अर्को थरी काङ्ग्रेसले एकै हप्तामा छहरे महोत्सवमा प्रमुख अतिथि प्रकाशशरण दाइलाई बनाएपछि केसी एन्ड महत पक्षलाई ढिम्किन नदिएपछि काङ्ग्रेसको कलह निखारिएको रहेनछ । काङ्ग्रेसको अधिवेशनको मिति नजिकिँदै गर्दा जिल्ला नेतृत्व कब्जा गर्न केसी एन्ड महत कम्पनी फोर्न प्रकाश एन्ड बहादुर ग्रुपले गत अधिवेशनमा पराजित रमेश महतलाई महोत्सवको विशेष अतिथि बनाएपछि जिल्लाको भावी सभापतिमा डा. केदारको चर्चा र पर्चा असरल्ल ! महोत्सवले उद्देश्य हासिल गर्न सक्ला वा नसक्ला प्रकाशशरण दाइले विदुरको कार्जेक्रमलाई काउन्टर दिन सफल भएकोमा लिखुका अध्यक्ष ध्रुव दाइ अहिले प्र.म. केपी ओलीको हाइट र साइजमा पुग्न लागेको देख्दा उपाध्यक्ष रेजिना म्याडमलाई ज्वरो आउँदा वडाध्यक्षज्यूहरू ट्वाँ !