तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १२ चैत्र २०७७, बिहीबार १५:३१
Buddha Eyes

इजी मनिको स्रोत नदी दोहन बन्द हुँदा जिल्लाका माफिया ‘हरियो वन नेपालको धन’ क्षेत्रमा सल्बलाईरहेका छन् । सामुदायिक वन माफियाको धनमा परिणत भएपछि जिल्लाका वातावरण तथा संरक्षणकर्मी निरास ! भूकम्पपछि काठ माफियाको चुरीफुरीले वन प्राविधिकको भान्छा सधैं रसिलो पोषिलो । जिल्लाका काष्ठ ब्यवसायी मालामाल, बाहाना भूकम्पको चाहना नगद नारायणको । सःमिलमा बैध÷अबैध काठको प्रमाणित गर्नुपर्ने वन प्राविधिक अल्मलमा पर्दा प्रहरी प्रशासन दिक्क ! समाउन प्रहरीले पर्ने, हिसाब–किताबको ठेली अफिसबाटै दुरबिनले हुन थालेपछि स्थानीय सरकार दंग ! सर्प भित्र भए दुलो बाहिर हात भन्ने परिस्थितीमा राजनीतिक दल पुगेपछि वन प्राविधिक ठिक छ भन्दै प्रहरीले सुईकोसम्म नपाउनु कस्तो अनौठो संयोग !