निःशुल्क दन्त शिविरबाट आठ सयले सेवा पाए

  • त्रिशूली प्रवाह
  • १९ चैत्र २०७७, बिहीबार १५:०१

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको वडा नं.– १, २ र ३ मा सञ्चालन भएको निःशुल्क दन्त शिविरबाट आठ सय ४० जनाले सेवा प्राप्त गरेका छन् ।

      सक्षम सोसाइटी नेपालको आयोजनामा काठमाडांै मोडेल अस्पताल स्कुल, ओलार हेल्पको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको थियो । शिविरमा स्थानीयवासीको स्वास्थ्यमा सहयोग गर्न पाउँदा अत्यन्त हर्षविभोर भएको सक्षम सोसाइटीका महासचिव अजय लामाले बताए । घ्योल्मो हेल्पिङ ह्यान्डस नेपाल सहआयोजक र मुख्य सहयोगी गोसाइँकुण्ड गाउँपालिका रहेको थियो । विगतको वर्षमा सिन्धुपाल्चोकमा समेत शिविर सञ्चालन गरेका संस्थाले यस वर्ष रसुवामा गरेको हो । संस्थाले पर्यटकीय क्षेत्रसमेत रहेको गोसाइँकुण्ड गाउँपालिकामा सरसफाइसमेत गरी स्वस्थ रहन आग्रह गरेको थियो । सक्षम सोसाइटी नेपालले जिल्लाभर सरसफाइलगायत स्वास्थ्य क्षेत्र, वातावरण संरक्षण, सामाजिक कार्यमा काम गरिरहेको छ ।