तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २० चैत्र २०७७, शुक्रबार १२:४१
Buddha Eyes

प्रजिअ ढकाल गएको महिना दिन बित्न नपाउँदै अवैध धन्दा सुचारु ! प्राकृतिक स्रोत र साधन सीमित व्यक्तिको पहुँचमा रहिरहेको विगतको परम्परालाई आठ महिना नुवाकोट बस्दा झंकनाथ सरले ब्रेक गपरदिएपछि जनप्रतिनिधि, राजनीतिक दलको नेता र बिचौलियाको ओठ–मुख प्याकप्याक ! झंकनाथ सरुवा गराएर भए पनि अवैध क्रसर बालुवा प्रशोधन उद्योग तथा अवैध काठ ओसार–पसार सहज बनाउने कसम खानेले जितेका छन् अहिले ! स्याल कराउनु र बाख्रा हराउनु जीवनप्रसाद दुलाल सर आउनु क्रसर उद्योगमा बिजुली बल्नु संयोग मात्र हो कि ? नदी दोहनको दोहोलो काढेर सरुवा भएका झंकनाथ सरले कर्मचारीको शिर ठाडो हुँदा विधि र विधान स्थापित थियो । नदी दोहनबिना जिल्ला चल्दैन भनेर तराई मूलको विद्युत्का हाकिम र सहायकलाई कार्यकक्षमा बोलाएर समन्वय प्रमुखले पालिका प्रमुखको रोहवरमा झपारेपछि सुरक्षा खोज्दै प्रजिअकोमा पुग्दा निवेदन गायव, क्रसरको काटिएको विद्युत् लाइन जोडिँदा दिनैभर दीपावली । अवैध क्रसर सञ्चालन हुँदा विगतमा प्रहरी, प्रशासन, जनप्रतिनिधि र अन्य व्यवस्थापनलाई मिलाउन खडा गरेको अक्षयकोष जिल्लाको तहअनुसार बाँडफाँड पुनः हुने भएपछि इजिमनीको स्रोतमा सबैका भागशान्ति ! दुई–तीन वर्षअगाडि जिल्ला बसेका प्रहरी र प्रशासन प्रमुखको काठमाडौंमा घर ठडिनु अहिलेका चाहिँ भाडामा बस्नुपर्ने अन्याय भएन र समन्वय प्रमुखज्यू ?