तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २ बैशाख २०७८, बिहीबार १३:४९
Buddha Eyes

नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन गराउन सभापति देउवालाई फलामको च्युरा चपाउनुसरह भएको छ । पार्टीको सदस्यता वितरणमा ढिलाइले नुवाकोट काङ्ग्रेस जुट्नुको सट्टा गुट झाँगिँदै जाँदा सभापति केसीको केन्द्रीय सदस्य हुने योजना छताछुल्ला ! पार्टीलाई बलियो बनाउन कुनै क्रसर नराखी देउवा पक्षलाई ठेगान लगाउँदा जिल्लामा निर्वाचनभन्दाअगाडि नै क्रसर खोल्न सभापति केसीको योजना असरल्ल ! एक हप्ताअगाडि काठमाडौंमा सहमहामन्त्री प्रकाश दाइ र केन्द्रीय सदस्य÷सांसद बहादुरलाई निषेध गरेको एक हप्तामै सभापतिको सेखी झार्न नागार्जुन पार्टी प्यालेसमा काङ्ग्रेसको अर्को समूहको विष वमन ! अर्जुन÷रामशरणको मिलनबाट दिक्क बनेका रमेशबाहेकको उपस्थिति त्यो कार्यक्रममा तेस्रो आँखाले नदेख्दा खल्लो लाग्यो । कम्युनिस्ट दबदबाबाट मुक्ति गराउन नुवाकोट काङ्ग्रेसका महत एन्ड केसी र प्रकाश एन्ड बहादुर समीकरणमा मलजल गर्न जिल्ला समन्वयका सन्तमान सरको समन्वयमा पालिका प्रमुखको सक्रियताले ध्रुव÷सुरेन्द्र अधिकारीको जिल्ला सभापतिको हल्लाले रमेशलाई आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने चर्चाले तादी, लिखु र शिवपुरी क्षेत्र उर्लिएको छ ।