तेस्रो अाँखा

  • त्रिशूली प्रवाह
  • १६ बैशाख २०७८, बिहीबार १२:४६
Buddha Eyes

ऐतिहासिक तथा धार्मिक जात्रै–जात्रा मान्दा मान्दै वाक्क भएको तेस्रो अाँखा एक हप्तादेखि सदरमुकाममा थप जात्रा देख्दा दंग छ । सत्ताको हालीमुहाली चलाईरहेको एमालेको पार्टी र पत्रकार महासंघको कार्जेलय कुर्नुपर्दा नुवाकोट प्रहरीलाई जनशक्ति अभाव ! पार्टी कार्जेलय नढुके सरूवा र घटुवा हुने चिन्ता, पत्रकारको कार्जेलय रेखदेख नगरू रेडियो र पत्रिकामा मुख्य समाचार बन्ने चिन्ताको अवस्थामा विचरा प्रहरी ! पत्रकार महासंघको दुईपटक निर्वाचन हुँदा पनि विजयको माला पहिरन नपाउनेहरूले ताला नलगाओस् त ! पार्टीमा ढिम्कन नदिएपछि समान्तर गतिविधी नगरेर आजीवन एमाले भन्नेहरू पार्टी कार्यालय प्रवेश गर्न साईत हेरिरहनुपर्ने कस्तो दुर्घटनाग्रस्त अवस्था । जिल्लामा यो हप्ता सिन्दुरे जात्रा भईसक्थ्यो कोरोनाले गर्न नदिए पनि पत्रकार र एमालेको जत्थाले देखाउने जात्राले दैनिकजसो निःशुल्क मनोरञ्जन सदरमुकामबासीलाई ! अर्काको राम्रो भन्दा नराम्रो खोज्ने र देख्नेहरूको समाचार कसले लेखिदिने ?