तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २५ जेष्ठ २०७८, मंगलवार १३:३९
Buddha Eyes

कस्तो दुर्भाग्य ! नुवाकोटमा कोरोना सङ्क्रमित सडकभरि पालिका र अन्य सङ्घ-संस्थाले सञ्चालन गरेको आइसोलेसन वार्ड रित्तै ! प्रशासन निषेधाज्ञा जारी गर्नेमै व्यस्त, जिल्लाको ८८ वटा वडामा कोरोना रोकथाम गर्न वडाध्यक्षज्यूको नेतृत्वको समूह गैरजिम्मेवार ! स्थानीय निकाय आफ्नो मातहतमा कोरोना सङ्क्रमित भुसको आगोजस्तै गरी फैलिँदा बेखबर हो कि खबर भएर पनि जाँगर नचलाएको समन्वय प्रमुख सन्तमान सरको ज्वरो आउने गरी टाउको दुखाइ ! सरकारी अस्पतालमा स्वास्थ्य सामग्री ओइरो लाग्दा आवश्यकीय व्यवस्थापन हुन नसक्दा स्वास्थ्यकर्मी सङ्क्रमित ! नेपाली काङ्ग्रेसले कुनै निकायसँग जानकारी र समन्वय नगरेर सदरमुकामको टापुमा खोलेको आइसोलेसन वार्ड चकमन्न ! कोरोना नियन्त्रणका लागि अस्पताल, पालिका र अन्य सङ्घ-संस्थामा मनकारी दाताले सामग्री ओइराइरहेका छन् । प्राप्त सामग्री स्वास्थ्य गुणस्तरीय छ कि छैन हेर्नेभन्दा बटुल्न व्यस्त रहँदा निषेध गरिएको सामग्रीबाट सङ्क्रमण फैलिने चिन्तामा विदुर नगरपालिका, सरोकारवाला फेसबुक हेरेर दङ्ग !