तेस्रो अाँखा

नुवाकोटेलाई सुति-सुति खान पुग्ने नदी र खानीजन्य स्रोत हुँदा-हुँदै पनि हाँडी घोप्टेहरूका कारण केही टाठा-बाठाको मात्र हाली-मुहाली चलिरहेको छ । गाउँगाउँमा सिंहदरबारको कानुन बोकेर बस्नेहरूले ढुंगा, गिट्टी पेल्ने कारखानालाई खुल्ला गरेर प्रतिस्पर्धा गर्न नदिंदा सधैंभरी रोईलो ! कोरोना महामारीको कारण सुरक्षाकर्मीले ध्यान पु¥याउन नसंक्दा नदी दोहन चरमोत्कर्षतिर ! नदीजन्य निर्माण सामाग्रीको मूल्य आकासिंदा सरोकारवाला निकाय कोरोनालाई दोष लगाउँदा उपभोक्ता टाउको ठोक्दै भाग्यलाई दोष दिंदै ! स्थानीयतहको राजश्व राम्रौ संकलनको स्रोत हुँदा पनि दोहनको लागि किन हुँदैन टेण्डर ? यहीँ वर्ष सरकारले केन्द्र र स्थानीयतहको निर्वाचन गर्ने घोषणा गरेपछि त दलका नेता-कार्यकर्ताको ध्यान खोलाको बगरतिर । भैरवी माता सरकारले बजेटमार्फत महाभारत फोर्ने नीति ल्याउन हुने हाम्रा १२ पालिकाले बालुवालाई हलुवामा परिणत गर्दा कानून लाग्ने यो कस्तो बिडम्वना !