+
Search

ताजा अपडेट +

पपुलर +

गाउँसभामा सञ्चारकर्मी सम्मानित

त्रिशूली प्रवाह
५ साल अगाडी

धुन्चे, रसुवा जिल्लाभित्र क्रियाशील आठ सञ्चारकर्मीलाई गोसाइँकुण्ड गाउँपालिकाले नवौँ गाउँसभामा गत बिहीबार सम्मानित गरेको छ ।

Utsuk Books & Stationery

      असार १० गते गोसाइँकुण्ड गाउँपालिकाको नवौँ गाउँसभा तथा आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रमको सार्वजनिक समारोहमा जिल्लामा क्रियाशील विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई हौसला बढाउन सम्मान गरेको गाउँपालिका अध्यक्ष कैसाङ तामाङले बताए । सम्मानित हुनेमा ज्ञानेन्द्र न्यौपाने राष्ट्रिय समाचार समिति, सरस्वती न्यौपाने नेपाल समाचारपत्र दैनिक, त्रिशूली प्रवाह साप्ताहिक, शैलुङ अनलाइन, हेमनाथ खतिवडा गोरखापत्र दैनिक, सुशील कोइराला नेपाल टेलिभिजन, बलराम घिमिरे कान्तिपुर दैनिक, दीपक लामा रेडियो रसुवा, हिमनाथ देवकोटा नागरिक दैनिक, अनु आचार्य नयाँ पत्रिका दैनिक, रेडियो लाङटाङ रहेका छन् ।

      उक्त गाउँसभाले सहरी सुशासनको पक्षमा निरन्तर क्रियाशील पत्रकारमध्ये हरेक वर्ष १० जनालाई पुरस्कृत गर्ने, युवाको वैदेशिक रोजगारीमा जाने बढ्दो प्रवृत्तिलाई स्वदेशी उद्यममा आकर्षण गर्न स्वदेशी वस्तुको उत्पादन प्रवद्र्धन र बजारीकरणलाई प्रोत्साहन गरिने बताइएको छ । गरिब, जेहेनदार तथा विपन्न वर्गका बालबालिकालाई आवश्यकताअनुसार पाठ्यपुस्तक, पाठ्यसामग्री र पोसाकलगायतका सामग्री उपलब्ध गराउँदै आएको छ । गाउँपालिका क्षेत्रभित्रका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका स्थान तथा सम्पदाको मौलिक एवम् प्राचीन नामको खोजी गरी त्यस्ता स्थानको मौलिकतालाई संरक्षण एवम् प्रवद्र्धन गर्दै लैजाने पालिका प्रमुख कैसाङनुर्पु तामाङले बताए । गोसाइँकुण्ड गाउँपालिकाको विकासका लागि छिमेकी तथा अन्य राष्ट्रको विकास गतिविधि सिकाइ आदान–प्रदान र सहयोग जुटाउन विभिन्न पालिकासँग सहकार्य र समन्वयको वातावरण बिस्तार गर्दै लगिने बताइएको छ । चीनको केरुङसँग गोसाइँकुण्ड गाउँपालिका जोडिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह