
ढुङ्गे, नुवाकोटको विदुर नगरपालिका-१ ढुङ्गेमा रहेको स्टार नुवाकोट अस्पताल प्रालिले जटिल प्रकारको शल्यक्रिया सेवा सुरु गरेको छ ।
अस्पतालका निर्देशक राजु अमात्यले दिएको जानकारीअनुसार कोरोनाको कारण सिर्जित महामारीमा गत वैशाख, जेठ र असारमा एक दर्जनभन्दा बढी हाडजोर्नी, एपेन्डिसाइटिस र अल्सरका बिरामीको शल्यक्रिया गरेको थियो । कोरोनाका सङ्क्रमितले काठमाडौंलगायत जिल्लाको अस्पताल भरिएको बेला शल्यक्रिया गर्न नसकेका बिरामीलाई जिल्लामै न्यूनतम शुल्कमा सेवा दिएको उनले बताए । आफ्नै डाक्टर तथा काठमाडौंबाट सिनियर डाक्टर ल्याएर अस्पतालले शल्यक्रिया गर्ने गरेको छ । निषेधाज्ञाले देशभर यातायात ठप्प रहँदा साधारण शल्यक्रिया गर्न काठमाडौं जान नसकेका बिरामीलाई स्टार अस्पतालको सेवाले सुविधा पुगेको छ ।