नुवाकोटमा अझै ६ सय ५९ कोरोनाका सक्रिय संक्रमित

  • त्रिशूली प्रवाह
  • २५ असार २०७८, शुक्रबार १४:४२

विदुर, नुवाकोट जिल्लामा कोरोना संक्रमितको तथ्याङ्कअनुसार संक्रमण निको हुनेको संख्या क्रमशः बढ्न थालेको छ ।

       बुधबारसम्म १ सय २५ जनाको नमुना स्वाब परिक्षण गर्दा जम्मा ५१ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय ५९ रहेको छ । नुवाकोटमा हालसम्म कोरोना संक्रमितको संख्या ५ हजार ७ सय २६ पुगेको छ । कोरोना निको हुनेको संख्या ५ हजार ३१ रहेको छ । स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले दिएको जानकारीअनुसार जिल्लामा कोरोना संक्रमणबाट ३६ जनाको मृतयु भएको छ । हालसम्म २० हजार ७ सय ८७ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल जिल्लामा अस्पतालमा १९ जना, स्थानीय तहले बनाएको आईसोलेसन सेन्टरमा २० जना र होम आईसोलेसनमा ६ सय २० जना उपचाररत रहेका छन् ।