नयाँ भिरियन्टबारे परामर्श

  • त्रिशूली प्रवाह
  • ३१ असार २०७८, बिहीबार ०७:२९

विदुर: नेपाल पूर्वप्रहरी सङ्गठन जिल्ला कार्यसमिति नुवाकोटले पूर्वप्रहरीमा कोरोनाको नयाँ भिरियन्टको लक्षण देखापरेमा औषधि सेवन गर्न विशेषज्ञबाट परिमाण मिलाएको औषधि वितरण गरेको छ ।

        सेवा इन्टरनेसनल नेपाल, अग्रवाल सेवा केन्द्रबाट सहयोग प्राप्त उक्त औषधि हिन्दू स्वयम्सेवक सङ्घ नेपालमार्फत प्राप्त भएको थियो । औषधि वितरण कार्यक्रममा सापकोटा पोलिक्लिनिक बट्टारका डाक्टर राकेशकुमार शाहले औषधि सेवन विधि, औषधिबाट हुने फाइदा तथा हितकारीको विषयमा परामर्श दिँदै औषधि वितरण गरेका थिए । आवश्यकतानुसार थप माग गरी सम्पूर्ण पूर्वप्रहरीमा त्यस्तो लक्षण देखिएमा पुनः प्रदान गर्ने नेपाल पूर्वप्रहरी सङ्गठन काठमाडौं प्रभागका कार्यबाहक सचिव सोमप्रसाद पाण्डेले प्रतिबद्धता जनाए । सङ्गठनले दुप्चेश्वर गाउँपालिका-४ र ५ लिखुको चौघडा स्वस्थ्य केन्द्रमा समेत वितरण गरेको र कोही त्यस्ता लक्षणका बिरामीका परिवारबाट खबर आएमा नजिकैको स्वास्थ्यकर्मीको रोहवरमा स्वास्थ्यकर्मीको परामर्शअनुसार औषधि वितरण गर्ने पूर्वप्रहरी सङ्गठन नुवाकोटको अध्यक्ष होमबहादुर तामाङले बताए ।