तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ७ श्रावण २०७८, बिहीबार ११:३९
Buddha Eyes

नुवाकोटमा प्रशासन छ र भन्ने अवस्था आउला भन्ने चिन्ता लागिरहेको छ तेस्रो आँखालाई ! निषेधाज्ञा जारी गर्ने कार्यान्वयनमा निदाउने, खोलो उत्खनन गर्नेलाई दोहोलो काढ्नुपर्नेमा हाइसन्चो बनाइदिँदा खोलो झोलामा बोक्नेलाई सहज भएकोमा समन्वय प्रमुख दङ्ग ! सरुवा हुने बेला भैगो नयाँ सरकार पनि आ’छ किन विवादमा पर्नु भन्ने रणनीतिमा प्रशासक रहँदा बेचैनीमा जिल्लावासी ! असारे विकासको बजेटको भेलले जिल्लाको विकास नभए पनि बजेट त स्वाहा ! सालतमामी गर्दै कर्मचारी अग्रिम हाटा गर्दै टाप कस्दा कार्जेलय खुले पनि सेवाग्राही ट्वाँ ! अख्तियारको समेत जिम्मा पाएको प्रशासन कार्जेलयले मसान्तमा हाईवे छड्के गरेको भए राजस्व वृद्धि हुन्थ्यो कि ? जिल्लामा विगतका प्रशासकले कार्जेलय छड्के जाँच गर्थे, अहिलेका प्रशासकले भेउ नपाका हुन् कि कोरोना भाइरसको डरले हो भगवान् जानुन् ।