तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १४ श्रावण २०७८, बिहीबार १२:०२
Buddha Eyes

जोड-घटाउबाट बनेको बहुमतको सरकार टिकाउन नसक्ने नेपालका कम्युनिस्ट नेताले अब आउने निर्वाचनमा खै के भनेर भोट माग्लान् भन्ने चिन्ता तेस्रो आँखालाई लागेको छ । एमालेलाई बनाउनेहरू नै सत्तोसरापमा उत्रेपछि बबुरा कार्यकर्ताले के गरून् । पक्ष र विपक्षमा लाग्नु त प¥यो नै । एमालेमै आफ्नो भविष्य देखेका दोस्रो पुस्ताको भनाउँदा नेता सक्रिय भए पनि नुवाकोटका केही कमरेड भने एकता हुँदा पद नपाउने चिन्तामा । हिजोका माले, मसाले, मन्डले, राजावादी, माओवादी, खाओवादी हुँदै पछिल्लोपटक एमाले छिरेकाहरूको उक्साहटमा वैध-अवैध टुंगो लागिनसकेको जिल्ला कमिटीका अध्यक्ष र सचिवलाई बैठक राख्न हतारो पर्दा एकता भइहाल्यो भने के गर्ला खै ! गाईजात्रे पाराले बैठक गर्दा अनुशासन र जनवादी सङ्गठनको ‘स’सम्म नदेख्दा बफादार कार्जेकर्ता जिल्ल ! एमालेमा ०७४ पूर्वकै सङ्गठन ब्यँुत्याउन कसरत भइरहँदा अध्यक्ष र सचिव पुरानै आए भने बिचरा अध्यक्ष र सचिव कमरेडको अवस्था के होला भन्ने चिन्ताले बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री पाण्डे सरलाई रुघा लागिरहेको छ ।