+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
५ साल अगाडी

समाचारको खेती गर्नेकै संस्थाको मूलगेटमा लगाएको ताल्चा चार महिना हुँदासमेत बेवारिसे अवस्थामा देख्दा तेस्रो आँखालाई खुल्दुली लागेको छ । निर्वाचन प्रक्रिया रोक्नका लागि लगाइएको ताल्चा निर्वाचनबाट आएको नेतृत्वले खोल्न पहल नगर्नु, ताल्चा लगाउनेले साँचो हराउनु संयोग मात्र हो कि अन्य प्लान बनाएको खनाल सर ? बेथिति र विसङ्गतिको समाचार खोजेर बजाउन र लेख्न नथाक्ने समूह आफ्नै संस्थामा ताल्चा ठोकेर चाबी हराएपछि परेन फसाद ! ताला-चाबीको समाचार कसले लेख्ने प्रेस युनियनले कि प्रेस चौतारी कि प्रेस सेन्टरले ? नयाँ नेतृत्वमा बहाली भएका पनि हुतिहारा नै रहेछन् ! ताल्चा खोल्न प्रहरी प्रशासन र जनप्रतिनिधि गुहार्न नसकेका हुन् कि नभ्याएका हुन् प्रदेश सभापति देवकोटा सरलाई नै थाहा होला ! नगरपालिकामा गत महिना ताल्चा लगाउन नेपाली काङ्ग्रेस १३ नम्बर वडा इकाइ जाँदा ताल्चा लगाउन नपाएपछि तोडफोड गर्नेहरूले नै चन्दा उठाएर मर्मत गरेपछि विदुर नगरपालिकाको २४ जनाविरुद्धको किटानी जाहेरी प्रशासनमा अलपत्र परेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह