तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १८ भाद्र २०७८, शुक्रबार ११:०१
Buddha Eyes

केन्द्रमा सत्तागठबन्धन दलबीच भागबन्डा नमिल्दा डेढ महिनादेखि मन्त्रिपरिषद् विस्तार अलपत्र हुँदा मान्यज्यूका दौरासुरुवाल मैलो ! जिल्लामा एमाले फुटाउन दौडधुप गरिरहेका समूहले जनप्रतिनिधि फकाउन नसक्दा ओठ–तालु सुकाइरहेका छन् । जिल्लाको पहिलो टावर होटेलमा अड्डा खोले पनि कार्जेकर्ता, जनप्रतिनिधि र सङ्गठन कमिटीका सदस्यले विश्वास नगरेपछि पूर्वमान्यद्वय लोहनी र नेपाल सा’पलाई समाजवादी पार्टी कमिटी विस्तार गर्न सकस परिरहेको देख्दा तेस्रो आँखालाई अमिलो लागेको छ । एमाले ०७५ तिर फर्किएपछि अध्यक्ष बनेको सङ्घीय सांसद खतिवडाले माधव कमरेडलाई त टेरपुच्छर लगाएनन्, जिल्लाका भुरे-टाकुरे नेतालाई के पुच्छलान् खै ! हुँदा-खाँदाको पार्टी कमजोर पार्न नेता, कार्जेकर्ता र मतदाताले रुचि नदेखाउँदा समाजवादीको जिल्ला कमिटी विस्तार कोठामै सीमित हुँदा जिल्लामा दलीय प्रतिनिधि नपाउँदा १२ वटै पालिका ट्वाँ !