तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ३१ भाद्र २०७८, बिहीबार १३:०७
Buddha Eyes

सतीले सरापेको यो देशमा कसैलाई खातैखात, कसैको पुर्पुरोमा हात ! जिल्लाबाट दुईवटा सांसद बागमती प्रदेशमा पठाउन सफल एमाले नुवाकोटको राम्रै मूल्याङ्कन गरेर दुईवटा मन्त्री पाए पनि पार्टीको गतिविधि ठण्डाराम ! यही पाराले अघि बढे आगामी निर्वाचनमा दोस्रो स्थान कसैले नपाउने पक्का छ । एमाले विभाजनको असर न्यून परेको नुवाकोटमा ०७५ जेठ २ फर्किन सकस हुँदा कार्जेकर्ता पलायन र निष्क्रिय हुने डरले बागमती प्रदेश सरकारका प्रवक्तालाई दिन हो कि रात छुट्याउन गाह्रो परिरहेको छ । जिल्ला सङ्गठन कमिटीको बैठक बसाउन प्रदेश मुकाम हेटौँडा, सङ्घीय मुकाम काठमाडौं र जिल्ला सदरमुकामतिर गुटगत भेला र कोठेबैठक बाक्लिँदा अन्तिम अवस्थामा माधव नेपाल छाडेका खतिवडा कमरेडलाई हरुवा, चरुवा र नवआगुन्तकको अवरोध फेस गर्न नसक्दा थुक्क म भन्नुपरेको छ । ०५४ मा एमाले विभाजन हुँदा जिल्लामा हर्ताकर्ता हुनेकै उक्साहटमा स्वाभिमानी एमालेका नेता/कार्यकर्ता पाखा लाग्नुपर्ने अवस्था आउँदा मेरो बिरालोले मलाई म्यु भन्छ भइरहेछ ।