तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ५ मंसिर २०७८, आईतवार १२:२०

अहिले अधिकांश राजनीतिक दललाई अधिवेशन, महाधिवेशनले व्यस्त बनाएको छ । काङ्ग्रेसको त अधिवेशन नजिकिँदै जाँदा चियापान, जलपान र कोठे भेटघाटले नेता/कार्जेकर्तालाई भ्याई-नभ्याई भइरहेको छ । कार्जेकर्तालाई चियापानले डिस्टर्ब गरिरहेको छ । एमालेको अवस्था अलि फरक छ । अन्तरपार्टी लोकतन्त्रको डण्डाले हान्दै कार्जेकर्ता थामथुम पारेर सातौँ, आठौँ, नवौँ हुँदै दशौँ महाधिवेशनको लागि केन्द्रीय प्रतिनिधि छनोटमा उही पुरानै अनुहार अघि सरेपछि कार्जेकर्ता ट्वाँ ! विगतमा प्रतिनिधि गएकोले केन्द्रीय सदस्य उठ्ने हैसियत बन्नेमा भन्दा पनि बनाउनेमै सीमित । महाधिवेशनको हलमा सेल्फी खिच्न र खाना, नास्ताको कुपन बटुल्नमै व्यस्त ! महाधिवेशनमा लाइन बसेर भात खानेबाहेक केही गर्न नसक्नेहरू फेरि तम्सिँदा उपगुटको नाममा सिफारिस हुँदा विधि, प्रक्रिया सधैँ धोती लाग्ने मात्रै भयो । गुट नभए पनि भेरी गुड कार्जेकर्तालाई बनाउन अध्यक्ष खतिवडालाई स्वाँ-स्वाँ र फ्वाँ-फ्वाँ !