तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ९ मंसिर २०७८, बिहीबार ११:०६
Buddha Eyes

नेपाली काङ्ग्रेसको तहगत कुम्भमेला विसर्जनतर्फ उन्मुख भइरहेको छ । वडा, पालिका, प्रदेश, सङ्घीय तहको अधिवेशन सकेर जिल्ला अधिवेशनको तयारीमा रहेको जिल्ला काङ्ग्रेस कार्जेकर्ताको विभाजित भावना जोड्ने औषधि र डाक्टरको खोजीमा सभापति केसी ! १२औँ र १३औँ जिल्ला अधिवेशनमा एकछत्र पार्टी कब्जा गरेको केसी परिवारले १४औँ को नतिजा आफूअनुकूल नभए पनि भावी सभापति आफूअनुकूल बनाउन लागिपरेपछि काङ्ग्रेसको राजनीतिक कोर्स सकारात्मक कि नकारात्मक हुने हो पत्तो छैन, समयको पर्खाइमा छ । दुई-दुई कार्यकाल सभापति बनेका केसी बाहिरिँदा अस्तित्व नै मेटिने हो कि भन्ने चिन्तामा केसी परिवार ! जिल्लाको नतिजाले जगदीश्वर दाइको बागमती प्रदेश सभापति हुने सपना तुहिने हो कि भनेर जिल्लामा गाइँगुइँ चिन्ता चलेको छ । महाधिवेशन आवधिक रामरमिता त बन्लान्, तर जनतालाई कागलाई बेल पाक्यो हर्ष न बिस्मात् !