गतिशीलको साधारणसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • १८ पुष २०७८, आईतवार ०८:३०


विदुर: गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्था लि.को नवौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । अध्यक्ष बिन्दा ढुङ्गानाको सभापतित्वमा भएको साधारणसभाको उद्घाटन बागमती प्रदेश सभा सदस्य तथा पूर्वभौतिक तथा पूर्वाधारमन्त्री केशवराज पाण्डेले गरेका थिए । सहकारीले महिलाको आर्थिक, सामाजिक विकासमा टेवा पुगेको उनले बताए । उनले सहकारीमार्फत उत्पादनमा जानुपर्ने बताउँदै कृषिमा यान्त्रीकरण गरेर उद्यमशीलता बढाउन जोड दिए ।

बागमती प्रदेश सभा सदस्य तथा पूर्वभूमि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीको उपस्थिति रहेको कार्यक्रममा सञ्चालक समितिको तर्फबाट अध्यक्ष बिन्दा ढुङ्गाना, कोषाध्यक्ष तारादेवी रिमालले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम र लेखा समितिका संयोजक शान्ता धितालले पेस गरेको लेखा प्रतिवेदन छलफल गरी पारित भएको छ । सहकारीमा पाँच सय ८९ सेयर सदस्य रहेका छन् भने सेयरपुँजी एक करोड ५८ लाख १५ हजार सात सय रहेको छ । साधारणसभाले सेयरपुँजी एक करोड ९० लाख र सेयर सदस्य एक हजार पु¥याउने यसै आ.व.मा १२ वटै पालिकामा कारोबार विस्तार गर्नेलगायतको प्रस्ताव पारित गरेको छ । ०६९ मा दर्ता भई सञ्चालनमा रहेको सहकारीले महिलाको आय–आर्जन र रोजगारी अभिवृद्धि गराउने कार्यक्रम सञ्चालन गरिरहेको छ । सहकारीले १० वटा पालिकामा समूह निर्माण गरी कारोबार गरिरहेको छ । बचत र सेयरपुँजी मात्र कारोबारमा अपुग भएकाले सरकारको युवा स्वरोजगार कोषको ५० लाख ल्याएर लगानी गरेको अध्यक्ष ढुङ्गानाले सो अवसरमा जानकारी दिइन् । सहकारीले सेयर सदस्यबीच दैनिक, मासिक, आवधिक, गतिशील महिला कर्मचारी, स्वरोजगार, मासिक बचत गर्दै आइरहेको छ ।