+
Search

ताजा अपडेट +

पपुलर +

गतिशीलको साधारणसभा सम्पन्न

त्रिशूली प्रवाह
४ साल अगाडी


विदुर: गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्था लि.को नवौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । अध्यक्ष बिन्दा ढुङ्गानाको सभापतित्वमा भएको साधारणसभाको उद्घाटन बागमती प्रदेश सभा सदस्य तथा पूर्वभौतिक तथा पूर्वाधारमन्त्री केशवराज पाण्डेले गरेका थिए । सहकारीले महिलाको आर्थिक, सामाजिक विकासमा टेवा पुगेको उनले बताए । उनले सहकारीमार्फत उत्पादनमा जानुपर्ने बताउँदै कृषिमा यान्त्रीकरण गरेर उद्यमशीलता बढाउन जोड दिए ।

Utsuk Books & Stationery
Satkar Machinery Center

बागमती प्रदेश सभा सदस्य तथा पूर्वभूमि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीको उपस्थिति रहेको कार्यक्रममा सञ्चालक समितिको तर्फबाट अध्यक्ष बिन्दा ढुङ्गाना, कोषाध्यक्ष तारादेवी रिमालले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम र लेखा समितिका संयोजक शान्ता धितालले पेस गरेको लेखा प्रतिवेदन छलफल गरी पारित भएको छ । सहकारीमा पाँच सय ८९ सेयर सदस्य रहेका छन् भने सेयरपुँजी एक करोड ५८ लाख १५ हजार सात सय रहेको छ । साधारणसभाले सेयरपुँजी एक करोड ९० लाख र सेयर सदस्य एक हजार पु¥याउने यसै आ.व.मा १२ वटै पालिकामा कारोबार विस्तार गर्नेलगायतको प्रस्ताव पारित गरेको छ । ०६९ मा दर्ता भई सञ्चालनमा रहेको सहकारीले महिलाको आय–आर्जन र रोजगारी अभिवृद्धि गराउने कार्यक्रम सञ्चालन गरिरहेको छ । सहकारीले १० वटा पालिकामा समूह निर्माण गरी कारोबार गरिरहेको छ । बचत र सेयरपुँजी मात्र कारोबारमा अपुग भएकाले सरकारको युवा स्वरोजगार कोषको ५० लाख ल्याएर लगानी गरेको अध्यक्ष ढुङ्गानाले सो अवसरमा जानकारी दिइन् । सहकारीले सेयर सदस्यबीच दैनिक, मासिक, आवधिक, गतिशील महिला कर्मचारी, स्वरोजगार, मासिक बचत गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह