+
Search

ताजा अपडेट +

पपुलर +

जिल्ला अधिवेशनको तयारीमा नुवाकोट एमाले

त्रिशूली प्रवाह
४ साल अगाडी


विदुर: नेकपा (एमाले) नुवाकोट जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । केन्द्रीय कमिटीले पुस २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेपछि अधिवेशनको तयारी गर्न एमाले नुवाकोटले सबै शक्ति प्रयोग गरेर ८८ वटै वडामा पुस १७ गते शनिबार अधिवेशन प्रतिनिधि छनोट गर्न लागेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

अधिवेशनको तयारी गर्न नेकपा (एमाले) जिल्ला आयोजक कमिटीको आइतबार बैठक बसेर जिम्मेवारी बाँडफाँड र प्रतिनिधि चयनको मिति तोकेको छ । पुस ११ गते पार्टी कार्यालय विदुरमा भएको नेकपा (एमाले) नुवाकोटको १८औँ बैठकले पुस २३ गते जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न ६ वटा समिति गठन गरेको छ । जसमा, आवास तथा खाद्य समिति, प्रचार समिति, आर्थिक समिति, मञ्च व्यवस्थापन समिति, प्रतिनिधि व्यवस्थापन समिति, स्वयम्सेवक व्यवस्थापन समिति, प्रतिवेदन लेखन समिति रहेका छन् । आवास तथा खाद्य समितिको संयोजकमा विष्णु लोहनी, सदस्यमा सुदर्शन नेपाल, नारायण घिमिरे, गीता दाहाल, लेनिन रञ्जित, नवीन प्रधान, राजेन्द्र रिजाल, टलकमान श्रेष्ठ, सुमन पाठक, शिव चित्रकार, सञ्जिव श्रेष्ठ, दामोदर नेपाल रहेका छन् । प्रचार समितिको संयोजकमा बद्री मैनाली, सदस्यमा शरण उत्सुक सापकोटा, माधवप्रसाद तिवारी, नारायण बस्नेत, देवचन्द्र भट्ट, विष्णु तारुके, नवदीप श्रेष्ठ ‘अजनवी’, बच्चुमाया सुनारी मगर, कल्पना न्यौपाने, श्रीकृष्ण खतिवडा, श्याम लामा, राजु तिवारी रहेका छन् । आर्थिक समितिको संयोजकमा काशीराज अधिकारी, सदस्यमा सञ्जु पण्डित, राजेन्द्ररमण खनाल, पूर्णलाल श्रेष्ठ, रमेश वस्ती, रोजिना राई, रमेश श्रेष्ठ, शिवराम थापा, शनि चित्रकार, सीताराम अर्याल, तोयानाथ तिमल्सिना, अनन्त नेपाल, पशुपति लोहनी, अम्बिका तामाङ, भोजप्रसाद पुडासैनी, बाबुराम गजुरेल, पूर्णबहादुर त्रिपाठी, रामहरि पाण्डे, डिल्लीराम सिलवाल र मञ्च व्यवस्थापन समितिको संयोजकमा दीपक कायस्थ, सदस्यमा निलमबाबु ढुङ्गेल, राजकुमार श्रेष्ठ, विवेक घिमिरे र राजन ढकाल रहेका छन् ।

Suzuki New Bike & Scooter

त्यसैगरी, प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा बुद्धि प्रधान, सदस्यमा विष्णु लोहनी, गणेश श्रेष्ठ, अरुण श्रेष्ठ, यम खतिवडा, राजेन्द्रप्रकाश पाण्डे, दीपक कार्की, निर्मला अधिकारी, हरि अधिकारी, नवराज ढुङ्गाना, समर आले, नीलकण्ठ आचार्य रहेका छन् । स्वयम्सेवक व्यवस्थापन समितिको संयोजकमा प्रज्ज्वल सापकोटा, सदस्यमा राजु तिवारी, हरिहर सिलवाल, श्रीकृष्ण खतिवडा, सुरेश श्रेष्ठ, सुरेश चित्रकार, राजु लामा, दीपेन्द्र तामाङ, नवीना थापा, रामचन्द्र श्रेष्ठ, डोलबहादुर तामाङ, दिपेश खड्का, सरस्वती थापा रहेका छन् । प्रतिवेदन लेखन समितिको संयोजकमा नारायण खतिवडा, सदस्यमा रामशरण प्याकुरेल, ठाकुर गजुरेल, ठाकुर पुडासैनी, रमहरि रिमाल, बलराम आचार्य, वासु कडुवाल रहेका छन् ।

दुई सय ६० सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन पुस १७ गते ८८ वटा वडामा एकै दिन प्रतिनिधि छनोट हुनेछन् । प्रतिनिधि छनोटका लागि तीन आधार तय गरिएको छ । जसमा खुला २५ बराबर १ प्रतिनिधि, महिला २० बराबर १ प्रतिनिधि चयन गर्ने निर्णय भएको छ भने दलित १५ बराबर १ प्रतिनिधि हुने र त्यसमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने र भूगोल पालिका हुने ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह