संगम हाजिरीजवाफ प्रतियोगितामा बिन्दुकेशर मावि विजयी

  • त्रिशूली प्रवाह
  • १८ पुष २०७८, आईतवार १६:१०

बट्टार: विदुर नगरपालिका– ४ बट्टारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जिल्लास्तरीय मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

सहकारीको २५औँ वार्षिकोत्सव एवम् संगम रजत महोत्सवको अवसरमा सहकारीले शुक्रबार जिल्लास्तरीय मावि ‘संगम हाजिरीजवाफ प्रतियोगिता २०७८’ सञ्चालन गरेको हो । त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको प्राङ्गणमा भएको प्रतियोगितामा ११ वटा विद्यालयले सहभागिता जनाएका थिए । जसमध्ये बिन्दुकेशर माध्यमिक विद्यालय टक्सार पहिलो, स्पार्कल इन्टरनेसनल स्कुल कोलनी दोस्रो र चन्द्रज्योति माध्यमिक विद्यालय तेस्रो भएका छन् । प्रतियोगिताका विजयी विद्यार्थीलाई सहकारीको २५औँ वार्षिकोत्सव एवम् संगम रजत महोत्सवको अवसरमा नगद रुपैयाँ पुरस्कार प्रदान गरिने सहकारीका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।