+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल निजामती कर्मचारीको अध्यक्षमा रमेश

नेपाल निजामती कर्मचारीको अध्यक्षमा रमेश
त्रिशूली प्रवाह
४ साल अगाडी

Satkar Machinery Center
Utsuk Books & Stationery

धुन्चे: ‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ भन्ने मूल नाराका साथ शनिबार सम्पन्न नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रसुवाको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा रमेश गौड चुनिएका छन् ।

Suzuki New Bike & Scooter

उपाध्यक्ष (खुला)मा उदयचन्द्र दवाडी, महिला उपाध्यक्षमा रूकु क्षेत्री, समावेशी उपाध्यक्षमा कमलप्रसाद पौडेल, सचिवमा राजु तामाङ, सहसचिवमा हेमन्त घिमिरे, कोषाध्यक्षमा प्रभुनारायण चौधरी, खुला सदस्यमा केशवप्रसाद बजगाईं, जीवमणि देवकोटा, शंकर चौधरी, शम्भु पण्डित रहेका छन् । श्रेणीविहीन सदस्यमा रेशमबहादुर लामिछाने, विकास मेमोङ्वा, महिला सदस्यमा वर्षा चौधरी, सरिता न्यौपाने, मनोनीत सदस्यमा यमुना खनाल रहेका छन् । अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दुर्गा थापा केसी, भक्तराज भण्डारी र भूपेन्द्रप्रसाद यादवलाई चयन गरेको छ । सल्लाहकारमा पवित्रा पराजुली, मुकुन्द शर्मा भण्डारी रहने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह