सौगात सहकारीको ब्याज आम्दानी आठ लाख

  • त्रिशूली प्रवाह
  • २२ पुष २०७८, बिहीबार ०८:५१


बट्टार: सौगात बचत तथा ऋण सहकारी संस्था लि. विदुर नगरपालिका– २ बट्टार नुवाकोटले आ.व. ०७७/७८ मा ब्याज आम्दानी र बैंक ब्याजबाट आठ लाख आम्दानी गर्न सफल भएको छ ।

सहकारीको शनिबार सम्पन्न १२औँ वार्षिक साधारणसभामा कोषाध्यक्ष रामप्रसाद रिमालले गत आ.व.मा ब्याज आम्दानीबाट सात लाख २० हजार आठ सय ७९ र बैंक ब्याजबाट ८६ हजार तीन सय ९८ रुपैयाँ आम्दानी गरेको जानकारी दिए । साधारणसभामा अध्यक्ष रामप्रसाद अधिकारीले सहकारीको वर्तमान अवस्था, प्रगति प्रतिवेदन र भावी कार्ययोजनाको प्रतिवेदन प्रस्तुत गरेका थिए । विदुर नगरपालिका सहकारी इकाइका प्रमुख पुष्कर शर्मा रिमालले उद्घाटन गरेको साधारणसभाले ऋणको दायरा बढाउने, ऋण असुली प्रक्रिया बनाउने, सेयरपुँजी वृद्धि गर्नेलगायतको भावी कार्यक्रम पारित गरेको छ ।

सहकारीको सेयर सदस्य दुई सय ८५ जना र सेयरपुँजी दुई करोड ६ लाख रहेको छ । सहकारीले गत आ.व. मा पाँच करोड ७० लाख ६८ हजार आठ सय ९५ बचत सङ्कलन गरेर दुई करोड ८० लाख ४० हजार चार सय ३२ रुपैयाँ कर्जा लगानी गरेको थियो । सहकारीले आर्थिक र सामाजिक क्षेत्रलाई व्यवस्थित गर्न छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै आवश्यकता र मागको आधारमा उत्पादन र व्यवसाय क्षेत्रमा लगानी गर्दै आइरहेको सचिव दीपकप्रसाद अधिकारीले बताए । सहकारीले बचत तथा ऋणको कारोबारसँगै सेयर सदस्यको हित हुने कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष रामप्रसाद अधिकारीले साधारणसभामा जानकारी दिए । सहकारीले विदुर नगरपालिकाभित्र छुट्टै पहिचान बनाइरहेको छ ।