+
Search

ताजा अपडेट +

पपुलर +

जेसिजको पद हस्तान्तरण

त्रिशूली प्रवाह
४ साल अगाडी


बट्टार: नुवाकोट जेसिजको आठौँ पद हस्तान्तरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । जेसिस २०२१ की अध्यक्ष अञ्जली पाण्डेले पद हस्तान्तरण गरेर सुरु भएको कार्यक्रमका प्रमुख अतिथि पूर्वशिक्षामन्त्री एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सामाजिक सेवा क्षेत्रमा क्रियाशील संस्था जेसिज रहेको बताए ।

Utsuk Books & Stationery


नुवाकोटमा सन् २०१३ सालमा जेसिज स्थापना भएको थियो । कार्यक्रममा २०२१ जेसिज वर्षकी अध्यक्ष अञ्जली पाण्डेले वर्ष २०२२ का अध्यक्ष नवराज सुवेदीलाई पद तथा कार्यभार हस्तान्तरण गरेकी थिइन् । वर्ष २०२१ का अध्यक्ष सुजित भण्डारीको नेतृत्वले जिल्लाभरि जेसिज अभियान विस्तार गरेको थियो । वर्ष २२ का अध्यक्ष सुवेदीले नुवाकोट जेसिजको यो वर्षभित्र आफ्नै कार्यालय भवन निर्माण गर्ने प्रतिबद्धता जनाउँदै शपथ लिएका थिए । सो कार्यक्रममा दुई दर्जनभन्दा बढी सामाजिक क्षेत्रमा क्रियाशील अगुवालाई मायाको चिनो र एक दर्जनभन्दा बढीलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्की, म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष रमेश (तेज) तामाङ, जिल्ला समन्वय समिति नुवाकोटकी उपप्रमुख अप्सरा थापा, नेपाल पत्रकार महासङ्घ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, जेसिज नुवाकोटकी संस्थापक अध्यक्ष विद्या श्रेष्ठलगायतले जेसिज अभियानमा संलग्न युवा सशक्तीकरण र नेतृत्व विकासमा जोड दिनुपर्ने धारणा राखेका थिए । जेसिजमा १८ देखि ४० वर्षका युवा–युवती सदस्य हुन पाउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह