विनपालाई तीन करोड ५६ लाख विद्युत् रोयल्टी

  • त्रिशूली प्रवाह
  • ६ फाल्गुन २०७८, शुक्रबार ०८:३६

विदुर: नुवाकोटको विदुर नगरपालिकासहित देशभरका एक सय २० वटा पालिकाले दुई आ.व.को जलविद्युत्को रोयल्टी पाएका छन् ।


महालेखा नियन्त्रणको कार्यालयले आ.व. ०७७/७८ को जलविद्युत्को रोयल्टी ७० करोड ६७ लाख १७ हजार रुपैयाँ निकासा गरेको छ । सात सय ५३ वटा स्थानीय पालिकामध्ये एक सय २० वटा पालिकाले आ.व. ०७७/७८ को विद्युत् रोयल्टी पाएको महालेखाले जानकारी दिएको छ । मुलुक सङ्घीयतामा गएपछि अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले प्राकृतिक स्रोतको रोयल्टीको बाँडफाँड गर्दा सङ्कलित रकममध्ये ५० प्रतिशत सङ्घ तथा प्रदेश र स्थानीय तहलाई २५–२५ प्रतिशत दिने व्यवस्था गरेको छ । गत आ.व. ०७७/७८ मा विद्युत् रोयल्टी दुई अर्ब ८२ करोड सङ्कलन भएकोमा सङ्घले एक अर्ब ४१ करोडबराबर पाएको छ भने प्रदेश तथा स्थानीयले ७० करोड ६७ लाखबराबर पाएका छन् । त्यसबाट विदुर नगरपालिकाले तीन करोड ५६ लाख ७३ हजार पाएको छ ।