+
Search

ताजा अपडेट +

पपुलर +

घर जलेर अन्न नष्ट

घर जलेर अन्न नष्ट
त्रिशूली प्रवाह
४ साल अगाडी


धुन्चे: रसुवाको गोसाइँकुण्ड गाउँपालिका– ६ नागुङमा मंगलबार राति करिब ३ बजेको समयमा करेन्ट सर्ट भई आगलागी हुँदा घरको आधा भाग जलेर वर्ष दिन पुग्ने अन्नलगायत लत्ताकपडा भाँडाकुँडा नष्ट भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार नागुङका स्थानीय पेमाछोवाङ तितुङ तामाङको घरको पछाडिपट्टि रहेको बिजुलीको मिटरको तार अचानक सर्ट भई घरको आधा भाग जलेर सिलिङमा राखेको कोदो, मकै, गहुँ, जहुँ, करूलगायत भाँडाकुँडा लिन लिएको पैसा नष्ट भएको छ । मानवीय क्षति चाहिँ नभएको बताइएको छ । ढुंगा, माटो र जस्ताले बनेको घरमा करेन्ट सर्ट भएको भागमा मानिस नसुताकले मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह