+
Search

ताजा अपडेट +

पपुलर +

दाहालगाउँमा मोटर पुग्यो

दाहालगाउँमा मोटर पुग्यो
त्रिशूली प्रवाह
३ साल अगाडी


रसुवा: उत्तरी रसुवास्थित थुमनको दाहालगाउँ क्षेत्रमा ग्रामीण सडक निर्माण भएको छ ।


दूरदराजको भिरपाखोमा स्थानीय बासिन्दालाई यातायातको पहुँच पुर्याउन यहाँ निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले ग्रामीण सडक निर्माण गरेको हो ।आयोजनाको प्रभावित क्षेत्रभित्र बसोवास गर्ने स्थानीय बासिन्दालाई सडकमार्गको सुविधा पु¥याई उनीहरूको जीवनमा सुधार ल्याउने उद्देश्यले सडक निर्माण गरिएको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ ।दाहालगाउँ ग्रामीण सडकको लम्बाइ भने साढे पाँच किलोमिटर रहेको छ । भिरालो जमिन भएका कारण वातावरणीय पक्षलाई विशेष ध्यान दिँदै आयोजनाको आफ्नै उपकरणले ग्रामीण सडकको ट्रयाक खोलिएको हो ।


हल्का सवारीसाधन दाहालगाउँमा पुगेपश्चात् त्यस स्थानका बासिन्दा अत्यन्तै हर्षित भएको बलबहादुर घलेले बताए ।सो सडकले गोसाइँकुण्ड गाउँपालिका– १ अन्तर्गत दाहालगाउँ क्षेत्रमा अवस्थित ४६ घरपरिवारलाई यातायातको पहुँच पुर्याउने बताइएको छ ।मोटरबाटो निर्माण गर्दा निस्किएको खुकुलो माटो जमेपछि टेवापर्खाल र नालीसमेतको व्यवस्था हुनेमा आफूहरू आशावादी भएको दाहालगाउँका बासिन्दाले बताएका छन् ।यस्तै, रसुवागढी जलविद्युत् आयोजनाले गोसाइँकुण्ड गाउँपालिका– १ कै थुमनगाउँमा बसोवास गर्ने करिब चार सय घरपरिवारलाई समेत यातायातको पहुँच पुर्याउने कार्य सम्पन्न गरिसकेको छ ।


रोङ्गा खोला मेन्दोगाङ, गोदेगाङ र तार्सा गाउँको बस्तीलाई समेत केन्द्रबिन्दु पार्दै थुमन गाउँमा ग्रामीण सडक निर्माण गरेको हो ।
रसुवागढी जलविद्युत्ले सडक खोलेपश्चात् बिरामी अस्पताल लान, खाद्य सामग्री ल्याउन, समयअनुसार थुमनमा उत्पादित कृषि उपज ताजै व्यापारिक केन्द्रसम्म पुर्याउन सरलता आएको स्थानीय समाजसेवी लोप्साङ तामाङले जानकारी दिए ।घर बनाउँदा ढुङ्गा मात्र प्रयोग गर्ने थुमन क्षेत्रमा यातायातको सुविधाले गर्दा अहिले अन्यत्र जिल्लामा उत्पादन इँटासमेत निर्माणकार्यमा प्रयोग हुन थालिसकेको समाजसेवी तामाङले जानकारी दिए ।यसैगरी उक्त विद्युत् आयोजनाद्वारा नित्य पूजाआजामा सहयोग पु¥याउन थुमन गुम्बा निर्माण एवम् ग्रामीण विद्युतीकरणको साथै विविध कार्यमा आयोजनाले सहयोग गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह