+
Search

ताजा अपडेट +

पपुलर +

त्रिवेणीधाम निर्माणका लागि पाठकको नगद सहयोग

त्रिवेणीधाम निर्माणका लागि पाठकको नगद सहयोग
त्रिशूली प्रवाह
४ साल अगाडी

Utsuk Books & Stationery
Satkar Machinery Center

शिवपुरी: नुवाकोटको शिवपुरी तथा पञ्चकन्या गाउँपालिकाको सिमानामा रहेको धार्मिक तथा पवित्र संगमस्थल त्रिवेणीधाममा निर्माण भइरहेको विभिन्न संरचनाका लागि व्यवसायी तथा समाजसेवी रमेशकुमार पाठकले एक लाख ११ हजार नगद सहयोग प्रदान गरेका छन् ।


स्व. माता टपमाया तथा स्व. पिता गौरीविलास पाठकको स्मृतिमा त्रिवेणीधामलाई पाठकले सहयोग दिएको त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाले जानकारी दिएको छ । त्रिवेणीधाममा अहिले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, किरियापुत्री भवन तथा राधाकृष्ण र खड्कुलेश्वर महादेवको मन्दिर पुरातात्विक महत्वका साथ निर्माणाधीन अवस्थामा रहेको छ । सहयोगदाता शिवपुरी गाउँपालिका– ८, थानापति नुवाकोट स्थायी ठेगाना भई हाल काठमाडौंमा बस्दै आएका छन् । उनी नेपाल मुम्बई चेम्बर अफ कमर्सका उपाध्यक्ष, गिरिजाप्रसाद कोइराला फाउन्डेसन नुवाकोटका अध्यक्षसमेत हुनुहुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह