साङ्घातिक आक्रमणमा परी व्यवसायी कार्की घाइते

  • त्रिशूली प्रवाह
  • १२ फाल्गुन २०७८, बिहीबार १२:०२


भद्रुटार: पञ्चकन्या गाउँपालिका– ५ भद्रुटारका निर्माण व्यवसायी जित (प्रदीप)बहादुर कार्की स्थानीय श्याम खड्का र गोकर्ण पाण्डेको समूहको साङ्घातिक आक्रमणमा परी गम्भीर घाइते भएका छन् ।


फागुन ८ गते बेलुका निर्माण साइडमा गएर फर्कंदै गर्दा शिवपुरी गाउँपालिका– ८ को खनियाँचौरमा खड्का र पाण्डेसहित १८ जनाको समूहले सडकमा गाडी रोकी साङ्घातिक आक्रमण गरेपछि गम्भीर घाइते भएका छन् । आक्रमणकारी समूहले कार्कीलाई म¥यो भनेर झाडीमा खसालेर भागेपछि स्थानीय गाउँलेले परिवारलाई खबर गरेका थिए । तत्कालै उपचारका लागि त्रिशूली अस्पतालमा पु¥याइएको कार्कीको थप उपचारका लागि ८ गते राति नै काठमाडौं लगिएको थियो । काठमाडौंको ट्रमा सेन्टर वीर अस्पतालमा उपचार भइरहेको बिरामीका काका नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए । साङ्घातिक आक्रमणमा संलग्न शिवपुरी गाउँपालिका– ७ थानापतिका श्याम खड्का, पञ्चकन्या गाउँपालिका– ५ बुढीसेराका गोकर्ण पाण्डेसहित १८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा बिरामीको तर्फबाट रितबहादुर कार्कीले ज्यान मार्ने उद्योगअन्तर्गत सार्वजनिक मुद्दा दर्ता गरेका छन् । घाइते कार्कीको देब्रे खुट्टा तीन ठाउँमा भाँचिएको, टाउको, छाती र करङमा गम्भीर चोट लागेको अस्पतालले जानकारी दिएको छ । विशेष उपचार भइरहेको भए पनि कार्कीको होस बेलाबेलामा हराउने गरेकोले अझै खतरामुक्त नभएको उनका दाइ बलराम (सूर्यबहादुर) कार्कीले बताए । आक्रमणमा संलग्न पाण्डे, खड्कासहित १८ जनाको खोजीकार्य नुवाकोट प्रहरीले तीव्र रूपमा गरिरहेको छ ।