+
Search

ताजा अपडेट +

पपुलर +

प्रेस चौतारीको अध्यक्षमा श्रेष्ठ

त्रिशूली प्रवाह
४ साल अगाडी

Utsuk Books & Stationery

विदुर: नेकपा एमालेमा आस्था राख्ने पत्रकारको सङ्गठन प्रेस चौतारी नुवाकोटको अध्यक्षमा नवदीप श्रेष्ठ चयन भएका छन् । गत बिहीबार सम्पन्न छैटौँ जिल्ला अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।


नवनिर्वाचित अध्यक्ष श्रेष्ठ नेपाल पत्रकार महासङ्घ नुवाकोटको उपाध्यक्ष तथा त्रिशूली खबर साप्ताहिकका सम्पादक हुन् । उपाध्यक्षमा श्रीराम अधिकारी र सुशीला लामिछाने, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा पूजा तामाङ र कृष्ण अधिकारी र कोषाध्यक्षमा केदार ढकाल चयन भएका छन् भने सदस्यमा कृष्ण ढुङ्गाना, किश्वर ओली, लोकबहादुर पुडासैनी र संगीता लामिछाने रहेका छन् । बिहीबार नै बसेको प्रेस चौतारी नुवाकोट पहिलो बैठकले आगामी केन्द्रीय तथा प्रदेशस्तरीय महाधिवेशनका लागि अनुजकुमार श्रेष्ठ र भैरवी ढुङ्गानालाई केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिमा पुरुषोत्तम रिजाल, केदार ढकाल र सुशीला लामिछनेलाई चयन गरेको छ । अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज बिन्दा ढुङ्गानाले गरेकी थिइन् । सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, प्रेस चौतारीका उपमहासचिव हिरामान लामा, नेकपा एमाले जिल्ला अध्यक्ष बद्री मैैनाली, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, प्रेस चौतारी नुवाकोटका संस्थापक अध्यक्ष शरण उत्सुक सापकोटालगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह