काङ्ग्रेसका जिल्ला सभापति छिरिङबाट आगलागीपीडितलाई एक लाख सहयोग

  • त्रिशूली प्रवाह
  • २६ फाल्गुन २०७८, बिहीबार ११:५०

धुन्चे: नेपाली काङ्ग्रेस रसुवाका जिल्ला पार्टी सभापति पेम्बाछिरिङ तामाङले नागुङ गाउँका आगलागीपीडित परिवारलाई पार्टीको तर्फबाट नगद एक लाख रुपैयाँ प्रदान गरेका छन् ।


गोसाइँकुण्ड गाउँपालिका– ६ नागुङमा गत फागुन ३ गते करेन्ट सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको थियो । त्यस दुःखद घडीलाई सान्त्वना दिन फागुन १८ गते बुधबार सभापति तामाङसहितको टोलीले नागुङ पुगी पार्टीको तर्फबाट नगद एक लाखसहित लत्ताकपडा वितरण गरेको थियो । उनीसँगै गएका रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यलगायतका व्यक्तिले समेत २१ हजार रुपैयाँ पीडित पक्षलाई हस्तान्तरण गरेका थिए । विपत् बाजा बजाएर आउँदैन, त्यो अचानक हुने हो । यस दुःखद घडीलाई सान्त्वना दिन थोरै भए पनि घाउमा मल्हम लाग्छ भनेर सहयोग गरेको र आगामी दिनमा यस्ता घटना नहोस् भएमा सहयोग गर्ने प्रतिबद्धता सभापति तामाङले गरे ।